एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा उदयपुरको देउरीमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा २३ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिमा हरि श्रेष्ठ बैंकद्वारा नियुक्त भएका छन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट ग्राहकले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट गर्न सक्नेछन् ।

हाल देशभर बैंकका २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement