तराईमा काम गर्न कर्मचारीहरुलाई सकस, सचिवलाई कार्यकक्षमा बोलाएर मन्त्रीले कुटे

Advertisement

जनकपुर । मुलुक संघीय प्रणालीमा गएपछि कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको बेला तराईमा कर्मचारीलाई काम गर्न थप सकस बन्दै गएको छ ।

प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले आफ्नै मन्त्रालयका सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेबाट कर्मचारीहरुलाई तराईमा काम गर्न जान आउँदा दिनमा थप कठिनाई हुने देखिएको छ ।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले आफूलाई कुटपिट गरेको सचिव विद्यानाथ झाले पत्रकारसामु रुँदै गुनासो पोखे ।

उनले भने, ‘आफूले भनेको एनजिओलाई योजना किन पारिनस भन्दै सभामुखकै अगाडि मलाई झापड हान्नुभयो । झापड हान्दा सभामुख सरोज यादव अगाडि थिए ।

कुटपिट गरेपछि मन्त्री यादवले प्रहरीलाई निर्देशन दिएर सचिवलाई पक्राउ गराएका थिए । सचिव कुटने मन्त्री यादवले भने सचिवलाई आफूले कुटपिट नगरेको जिकिर गर्दै आफ्नो कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको दावी गरे ।

Advertisement

Advertisement

Advertisement