सिस्टममा खराबी आउँदा माथिल्लो तामाकोशीको सेयर मूल्यमा अस्वभाविक वृद्धि, कारोवार रद्द

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिस्टममा प्राविधिक समस्या आएको कारण माथिल्लो तामाकोशीको शेयर मूल्यमा भ्रम सृजना हुन पुगेको भन्दै क्षमायचना गरेको छ । नेप्सेले तामोकोशीको १० प्रतिशतको रेन्जभन्दा माथिको शेयर कारोबार समेत रद्द गरेको छ ।

सिस्टममा उत्पन्न खराबीका कारण तामाकोशीको शेयर मूल्य अस्वभाविक देखिन गएको र सो समस्या समाधानका लागि प्राविधिक टोली लागी परेको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जको सूचकमा सोमबार कारोबार सुरु भएको केहि मिनेटमै तामाकोशीको शेयर मूल्य अस्वभाबिक रुपमा ५० प्रतिशतसम्म बढेको देखिएको थियो ।

सोमबार बजार खुलेको केही समयमा तामाकोशी शेयर मूल्य प्रति शेयर ५० प्रतिशत अर्थात ११२ रुपियाँले बढेर ३३६ रुपैयाँ कायम रहेको देखिएको थियो । हिजो बजार बन्द हुँदा तामाकाशीको सेयर मूल्य २२४ रुपियाँ रहेको थियो

कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरैले वृद्धि हुन पाउदैन् । नेप्सेको सिस्टमले एक्कासी उच्च मूल्य देखाए पछि लगानीकर्ता अलमलमा परेका थिए ।

नेप्सेले पूर्ण स्वचालित अनलाईन प्रणाली सुरु गरेयता नेप्सेमा देखिने तथ्याङ्कमा बारम्बार गल्तिहरु हुने गरेका छन् । कुल कारोबार रकम, उपसूचकहरुको कारोबार जोड्दा आउने रकम फरक देखिन्छ र बजार पूँजीकरणको रकममा धेरै पटक यस्तो गल्ति देखिने गरेको छ ।

Advertisement

Advertisement

Advertisement