जनता बैंकले आफ्ना सेयरधनीलाई ८.५ प्रतिशत मुनाफा दिने

Advertisement

काठमाडौं । जनता बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको नवौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको चुक्ता पूँजीको  ८ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

सो सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै सञ्चालक समिति स्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५/०७६ को लागि बाह्य लेखा परिक्षकमा एसएआर एशोसियट्स, चार्टर्ड एकाउन्टस नियुक्त गर्ने निर्णय गरेको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैंक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैंक र वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब पुगेको छ ।

Advertisement

Advertisement

Advertisement