आरविवि मर्चेन्टले एक करोड ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङको तेस्रो वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ ।

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारीले सरकारी निकायबाट सञ्चालित संस्थाले मर्चेन्ट बैंकिङ व्यवसायमा सर्वसाधारणको सहज पहुँचका लागि राष्ट्रिय वाणिज्य बैंकका देशभरी छरिएर रहेका शाखाहरूबाट सहज रूपमा हितग्राहीखाता खोल्ने सुविधा प्रदान गरिरहेको छ ।

साथै निकट भविष्यमा नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ताको हुन आउने १ अर्ब ६० करोड रुपियाँ बराबरको प्राथमिक सेयर निष्काशन कार्य गर्ने भएको छ । आगामी दिनहरुमा यस कम्पनीले मर्चेन्ट बैंकिङ सेवाको विकास र विस्तारमा अग्रणी भूमिका खेलेर विशेष गरि दुरदराजमा रहेका आम लगानीकर्ताहरुलाई सेवा दिने लक्ष्य रहेको आरविवि मर्चेन्ट बैंकिङले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement