सिभिल लघुवित्तको साधारणसभा सम्पन्न, ३.८९ प्रतिशत नगद लाभांश पारित

Advertisement

काठमाडौं। सिभिल लघुवित्तको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारणले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ८९ प्रतिशत नगद लाभांश तथा बोनस पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरि बोनस शेयर जारी पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जर तथा प्राप्ति सम्वन्धी कार्यको लागि सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्नुको साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहिरहेको कर्जा रकम ६७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement