अरुण काबेलीको साधारणसभा सम्पन्न, सात जना नयाँ सञ्चालक नियुक्त

Advertisement

काठमाडौं । अरुण काबेली पावरको सासातौँ  तथा आठौँ संयुक्त वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७३/७४ तथा आ.व. २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ ।

यस कम्पनीका संस्थापक शेयरधनीको प्रतिनित्व गर्ने सञ्चालक पद गुरु प्रसाद न्यौपाने, जिवनराज शाक्य, बच्छराज तातेड तथा भेजप्रसाद तिमिल्सीना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक मिलन खड्का तथा नोलकुमारी आचार्यलाई महिलाको प्रतिनिधित्व गर्ने गरी र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाइ निर्वाचनमा सर्वसम्वत् सञ्चालक समितिमा चयन गरेका छन् ।



कम्पनीको शेयर निष्काशन तथा वाँडफाँड कार्य २०७३/९/५ मा सम्पन्न भएको छ । अरुण काबेली पावर लिमिटेडको शेयर मिति २०७४/१/३ का दिनदेखि धितोपत्र वजारमा कारोवार भईरहेको छ । यस कम्पनीको आयोजना प्रभावितह?लाई निष्काशन भएको स्थानीय सर्वसाधारणको मिति २०७६/०३/२४ तथा संस्थापक शेयरधनीहरुको साधारण शेयर मिति २०७६/९/४ देखि लकईन खुल्ला भई स्वतन्त्र रुपमा शेयर किनबेच गर्न सकिने कम्पनिले जनाएको छ ।

कम्पनीले परियोजनाको निर्माण कार्य पूरा गरी विद्युत उत्पादन सरु गरेको आ.व. २०७६/७७ देखि शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement