मंगलबार सुनको मूल्य यस वर्षकै सबैभन्दा बढी

Advertisement

काठमाडौं । साताको तेश्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै बढेर यस वर्षकै सबैभन्दा बढी मूल्यमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार सोमबार प्रतितोला ६० हजार छ सय रुपियाँमा कारोबार भइरहेको सुनको मूल्य आज चार सय रुपियाँले बढेर प्रतितोला ६१ हजार रुपियाँ पुगेको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार तीन सय रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँले बढेर  सात सय ६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६५  रुपियाँ  कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement