श्रीदेवीको बायोपिक फिल्मबाट प्रिया प्रकाशको बलिउड डेब्यु

Advertisement

एजेन्सी । इन्टरनेटमा सर्वाधिक भाइरल भएकी प्रिया प्रकाश वारियर स्वर्गीय अभिनेत्री श्रीदेवीको जीन्दगीमाथि बनेको फिल्म 'श्रीदेवी बंग्लो' बाट बलिउड डेब्यु गर्दैछिन् । फिल्मको टिजर पनि रिलिज भएको छ ।

फिल्मको नामबाट लाग्छ कि यो फिल्म स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीको जिन्दगीमा आधारित छ । टिजरले पनि यसको संकेत गर्छ । प्रियाले फिल्ममा सुपरस्टार श्रीदेवीको रोल निभाएकी छन् । टिजरमा उनी स्टार बनेको र एक बाथटबमा मृत अवस्थामा भेटिएको देखाइएको छ । श्रीदेवीको मृत्यु पनि बाथटबमा डुबेर नै भएको छ । तर, फिल्मका मेकर्स यो फिल्म श्रीदेवीको वास्तविक जीन्दगीमा आधारित भएको मान्ने छैनन् । जसकारण मेकर्ससँगै प्रियाको पनि मानिसहरुले ट्रोल गर्न थालेका छन् । प्रियाले उक्त फिल्म श्रीदेवीको जीवनमा आधारित भएरनभएको थाहा पाउन फिल्म नै हेर्नुपर्ने बताउँछिन् ।

यो फिल्मलाई साउथका गिनेचुनेका निर्देशक प्रशान्त माम्बुलीले गर्दैछन् । फिल्मको केही प्रतिशत छायांकन लण्डनमा सुट गरिसकिएको छ । फिल्ममा प्रियाका अलावा अभिनेता प्रियांशु चटर्जी लिड रोलमा देखिनेछन् । फिल्मको रिलिज डेट भने सार्वजनिक गरिएको छैन । २०१८ को सुरुवातमा एक भिडियो भाइरल भएपछि प्रिया रातारात इन्टरनेटमा छाएकी थिइन् । उनी हालै रिलिज भएको फिल्म 'उरी' को स्पेशल स्क्रिनिङमा बलिउडका चर्चित सेलिब्रेटीको साथमा देखिएकी थिइन् । उनको आफ्नो पहिलो मलयालम फिल्म 'उरु उदार लभ' को एक गीत सुपरहिट भएको थियो ।

उक्त गीतमा उनी आफ्नो को(स्टारलाई आँखाबाट गोली मार्दै देखिएकी थिइन् । यो क्लिप उनको गीतको एक सिनबाट लिइएको थियो । 'उरु उदार लभ' एक रोमान्टिक ड्रामा फिल्म हो, जुन २०१८ मा रिलिज भएको थयो । अब उनी बलिउडमा आफ्नो सफर सुरु गर्दैछिन् ।

Advertisement

Advertisement

Advertisement