हायत होटलको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो २४ घण्टे स्पष्टीकरण

Advertisement

काठमाडौँ। तारा गाउँ रिजेन्सी होटेल(हायात)ले लाभांशको सूचना ढिला दिएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले होटेलको सेयरको दास्रो बजार कारोबार रोकिदिएको छ। पुस २४ गते गरिएको १२.६३१ प्रतिशत नगद लाभांश दिने निर्णय मंगलबार मात्रै दिएपछि नेप्सेले कारोबार रोकेको हो।

दोस्रो बजारमा प्रभाव पार्ने सूचना तत्काल दिनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुरूप नेप्सेले होटेलको कारोबारलाई दोस्रो बजारमा रोक्का गरिदिएको हो।

यसका साथै नेप्सेले २४ घण्टाभित्र ढिलो सूचना दिनुको कारण सहित स्पष्टीकरण पेस गर्न निर्देशन पनि दिएको छ। तोकिएको समयमा स्पष्टीकरण नदिए नियम अनुसार कारवाही हुने नेप्सेले जनाएको छ।

लामो समयदेखि शेयर बजारमा होटेलको शेयर सूचीकृत भएपनी शेयरधनीले लाभांश पाएका थिएनन्। गत वर्ष देखि शेयरधनीलाई लाभांश दिन थालेको हो। हायतले गत वर्ष ७.३६ प्रतिशत नगद लाभांश दिएको थियो।

Advertisement

Advertisement

Advertisement