फुडमाण्डूको अनलाईन 'फुड फेस्टिभल'मा एक रुपियाँमा नै खाना पाईने

Advertisement

काठमाडौं । फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । यो योजना माघ एक गतेदेखि सुरु भएर माघ १० सम्म संचालन हुनेछ ।

फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेनछन् ।यस उत्सव अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो सेवा फुडमाण्डूको मोबाइल एप्समा मात्र सञ्चालन गरिएको छ ।

फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, एक  रुपियाँमा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेमेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्न सक्ने फुडमाण्डूले जनाएको छ ।

यति मात्र नभई यस योजनामा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकहरुले रु. २५०० भन्दा माथिको अर्डरमा १८० एम.एल.को भोड्का(रुस्लान) पनि निशुल्क प्राप्त गर्नेछन् । साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था रहेको फुडमाण्डुले जनाएको छ ।

यो योजना अवधिभर प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरुसहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुने फुडमाण्डुले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement