जलविद्युत र निर्जीवन बीमा समूहले उचाल्यो सेयर बजारलाई, नेप्सेमा साढे १७ अंकको वृद्धि

Advertisement

काठमाडौं । सेयर बजारलाई मंगलबार पनि अपर तामाकोशीलगायतका कम्पनीको सेयरले उचाल्न सहयोग गरेको छ । सोमबार एक्कासी ५० प्रतिशतले सेयर मूल्य बढेपछि नेपाल स्टक एक्सचेन्जले अपर तामाकोशीको कारोबार रद्द गर्न बाध्य भए पनि आज भने त्यो स्थिति दोहोरिएन् ।

आज जलविद्युत समूहमा सबैभन्दा बढि चार दशमलव ३५ प्रतिशतको वृद्धि भएको छ भने त्यसपछि निर्जीवन बीमा समूहमा चार दशमलव १४ अंकको वृद्धि भएको छ । यी दुई समूहमा आएको उच्च वृद्धिले सेयर बजार परिसुचक नेप्से १७ दशमलव ५१ अंकको उत्साहजनक वृद्धि भएको छ ।

साथै सोमबार २६ करोड रुपियाँमा सीमित रहेको कारोबार आज बढेर ३९ करोड रुपियाँ पुगेको छ । जसमा सबैभन्दा बढि नागरिक लगानी कोषको सेयर आठ करोड रुपियाँभन्दा बढिको किनबेच भएको छ ।

आज सबै समूहमा सुधार आउँदा लघुवित्त र जीवन बीमा समूहले पनि तीन प्रतिशत माथिको सुधार कायम गर्न सफल भएको छ । बाणिज्य बैंक समूहको सुधार भने शुन्य दशमलव पाँच प्रतिशत मात्रै छ । आज धेरै नाफा गर्नेमा नागरिक लगानी कोषका लगानीकर्ता र घाटा धेरै खानेमा सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement