अनलाइन कारोबारमा किन एउटा मात्रै हितग्राही खाता प्रयोग गर्ने त ? यस्तो छ नेप्सेको जवाफ

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाइन कारोबारका लागि लगनीकर्ताहरुलाई एक मात्र हितग्राही खाता प्रयोग गर्नका लागि पुनः आग्रह गरेको छ ।

अनलाइन कारोबारलाई छिटो छरितो बनाउन, लगानीकर्ताको पहिचान तथ जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्नका लागि लगानीकर्ताहरुलाई एक मात्र हितग्राही खाता प्रयोग गर्न भनिएको पनि नेप्सेले स्पष्ट पारेको छ ।

नेप्सेले यसअघि जारी गरेको अनलाइन कारोबारका लागि ध्यान दिनुपर्ने कुराहरुमा लगननीकर्ताबाट थप स्पष्ट पार्न माग भएको भन्दै एक मात्र हितग्राही खाता प्रयोग गर्नुपर्नाका कारण स्पष्ट पारेको हो । लगानीकर्ताले दुईवटासम्म हितग्राही खाता खोल्न सक्ने भएपनि नेप्सेले एउटा मात्रै खाता प्रयोग गर्न आग्रह गर्दै आएको छ ।

यसैगरी नेप्सेले तोकिएका राफसाफ बैंकमा खाता खोल्न पनि लगानीकर्तालाई आग्रह गरेको छ । अन्य बैंकबाट विद्युतिय हस्तान्तरण गर्दा नेपाल राष्ट्र बैंकले तोकेको सीमा लाग्ने हुँदा राफसाफ बैंकमा खाता खोलेर नै कारोबार गर्दा रकम हस्तन्तरणमा सजिलो हुने नेप्सेले स्पष्ट पारेको छ । राफसाफ बैंकबाट रकमको विद्युतिय हस्तान्तरणका लागि कुनै सीमा नलाग्ने नेप्सेले जानकारी गराएको छ ।

नेप्सेले भविश्यमा विद्युतिय हस्तान्तरण गर्ने अनुमति पाएका सम्पूर्ण बैंकहरुबाट राफसाफको सुबिधा प्रदान गर्ने योजनामा रहेको पनि जानकारी गराएको छ ।

नेप्सेले अनलाइन कारोबारका लागि लगानीकर्तालाई सदस्य दलालसँग सदस्य—ग्राहक सम्झौता गर्न पनि आग्रह गरेको छ । लागिनीकर्ताले अनलाइन कारोबारमा सहभागी हुनका लगि सदस्य दलाल कम्पनीसँग सम्झौता गरेर युजर नेम र पासवर्ड लिनुपर्ने बताएको छ ।

सदस्य—ग्राहक सम्झौता लगानीकर्ता र ब्रोकरको वित्तिय सुरक्षको प्रत्याभूति हुने गरि बनाइएकोले यस्तो सम्झौता गर्न अनिवार्य भएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement