आजबाट नयाँ सम्पत्ति बीमा नीति लागू, निर्जीवन बीमा क्षेत्रका लागि माइलस्टोनः चापागाईं

Advertisement

काठमाडौं । बीमा समितिले मंगलबारबाट सम्पत्ति बीमा सम्पत्ति नयाँ नीति लागू गरेको छ । परिमार्जित सम्पत्ति बीमा निर्देशिका लागू भएसँगै सम्पत्ति बीमाको दायरा फराकिलो र शुल्क कम हुने भएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले निर्जीवन बीमा क्षेत्रका लागि यो एउटा नयाँ माइलस्टोन भएको बताए । उनका अनुसार निर्जीवन बीमा व्यवसाय अन्तर्गतको अग्नी बीमालेख र गार्हस्थ बीमालेखलाई एउटै निर्देशिका सम्पत्ति बीमा निर्देशिका (सम्पत्ति बीमा तथा घर बीमा)ले प्रतिस्थापन गरेको छ । अब सबै किसिमका सम्पत्तिको बीमा सहज र सुलभरुपमा गर्न सकिन्छ । यसले बीमाको दायरा बढाउनुका साथै जोखिम बहन गर्ने क्षमतामा विस्तार भएको छ ।

उनले अब ग्राहस्थतर्फ प्रतिहजार ४० पैसामा एक करोड रुपियाँसम्मको सम्पत्ति बीमा गर्न सकिन्छ भने व्यवसायतर्फ प्रतिहजार एकदेखि सात रुपियाँसम्ममा जति पनि सम्पत्तिको बीमा गर्न सकिन्छ । यसअनुसार अब ग्राहस्थतर्फ एक करोडको घरको वार्षिक चार हजार रुपियाँ बीमा शुल्क तिरे पुग्छ । अब बाढी पहिलो जस्ता प्राकृतिक विपत्तिबाट हुने क्षतिबाट हुने जाखिमको समेत क्षतिपूर्ति पाउने बाटो खुलेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीका नायव महाप्रवन्धक विक्रान्त पाण्डेले अन्तर्राष्ट्रिय अभ्यासलाई अहिलेसम्म अपनाउँदै सम्पत्ति बीमा गर्दै आएमो नयाँ निर्देशिकाले हाम्रो आवश्यकतालाई सम्बोधनको प्रयास गरेको भन्दै यसले सम्पत्ति बीमामा रहेका धेरै किसिमका अप्ठ्याराहरुलाई हटाउने आशा व्यक्त गरे ।

उनले बीमा पोलिसिमै स्पष्टता आएपछि सम्पत्ति बीमा थप सहज हुने भन्दै यसले मानिसहरुको आयस्तरअनुसार उनीहरुको सम्पत्तिको बीमा गर्नलाई सहजीकरण गर्ने बताए । सम्पत्ति बीमा लेख अन्तर्गत सामान्य सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, मूल्यांकित सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, र पुनस्र्थापना सम्पत्ति बीमालेख पर्छन् ।

अध्यक्ष चापागाईंले बीमा कम्पनीहरु, बिमक संघ लगायत सरोकारवालाहरुको छलफल र सहभागितामा नै निर्देशिका जारी गरिएको भन्दै पहाडमा पहिरो र तराईमा बाढीको उच्च जोखिम रहेको सन्दर्भमा नयाँ निर्देशिकाले ती क्षेत्रका जोखिमलाई समेट्न सहयोग पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement