५३ अर्ब पर्ने जहाज २४ अर्बमा ल्याइयो यो भाडामा होः कँडेल, सस्तोमा ल्याएँ तर भाडामा होइनः कंसाकार

dipendra-kandel-sugat-ratna-kansakar

काठमाडौं । उड्डयन क्षेत्रमा चासो राख्दै आएका इन्जिनियर दीपेन्द्र कँडेलले जहाज निर्माण कम्पनी एयरबसको सन् २०१८ को मूल्यअनुसार ५३ अर्ब रुपियाँभन्दा बढि मूल्य पर्ने दुई वटा वाइडबडी जहाजहरु नेपाल वायुसेवा निगमले जम्मा २४ अर्बमा ल्याउनु भनेको खरिद गरेको नभई भाडा ल्याइएको तर्क गरेका छन् ।

यता जहाज खरिदमा मुख्य भूमिका निर्वाह गरेका निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले भने आफूले निकै सस्तोमा जहाज ल्याउन सफल भएको तर सस्तो भएकोले भाडामा ल्याइएको भन्ने तर्क गलत भएको बताउँछन् । संसदको लेखा समितिले भने यी जहाज खरिदमा भ्रष्टाचार भएको स्पष्ट नभने पनि निगमलाई चार अर्ब ३५ करोड रुपियाँ नोक्सान गराइएको निचोडसहितको प्रतिवेदन तयार गर्दै पूर्वमन्त्रीदेखि बहालवालामन्त्रीलाई कारवाहीको सिफारिस गरेको छ ।

united

जहाज निर्माता कम्पनी एयरबसले सन् २०१८ मा सार्वजनिक गरेको जहाजहरुको मूल्यसुचीअनुसार निगमले खरिद गरेको वाइडबडी जहाज ए३३०–२०० को मूल्य २३८ दशमलव ५ मिलियर अमेरिकी डलर रहेको छ । त्यस बेलाको प्रति डलरको मूल्य ११२ रुपियाँ रहेकोले एउटा जहाज खरिद गर्न नै २६ अर्ब ७१ करोडभन्दा बढि पर्छ । निगमले दुई वटा जहाज खरिद गरेकोले यी दुईको मूल्य झण्डै साढे ५३ अर्ब रुपियाँ पर्न आउनेमा जम्मा २४ अर्बमा त्यो पनि दुई वटा वाइडबडी जहाज ल्याउनु भनेको खरिद नभई भाडामा भएको इन्जिनियर कंडेलको भनाई छ ।

उनले जुन कम्पनीमार्फत जहाज ल्याइयो, त्यो जहाज बिक्री गर्ने नभई भाडामा लगाउने कम्पनी भएको जिकिर गर्दै यति सस्तोमा जहाज खरिद हुनै नसक्ने दावी गरे । कंडेलले संसदीय समितिले गरेको छानविन गलत र अपुरो रहेको भन्दै जहाज खरिद अन्तर्राष्ट्रिय सरोकारको विषय भएकोले यसमा अनियमितता भएनभएको कुरा नेपाल एक्लैले छानबिन गर्नै नसक्ने बताए । उनले यस विषयको छानविन आइकाओ, हाइ–फ्लाई, एयरबसको समेत सहभागिता जरुरी पर्ने बताए ।

कंडेलले भने, ‘नेपालले वाइडबडी खरिद गरेको होइन, भाडामा ल्याएको हो । हाई–फ्लाई कम्पनीबाट भाडामा ल्याएको विषयमा अनियमितता भएको भनेर नेपाल सरकारले एउटा प्रतिवेदन तयार पार्छ । नेपालमा रहेका केही मन्त्री, कर्मचारीलाई कारबाही गर्ला । तर त्यो न्यायोचित हुँदैन । आईकाओ, हाईफ्लाइ, एअरबसमाथि पनि छानविन हुनुपर्छ । दोष भेटिए उनीहरुलाई पनि कारवाही र क्षतिपूर्ति गराउन’पर्छ ।’

आफू पनि यही ‘फिल्ड’मा अध्ययन तथा अनुसन्धान गरिरहेको व्यक्ति भएको नाताले यो प्रकरणको बास्तविक सत्य, तथ्य बाहिर ल्याउनको लागि आवश्यक परे सहयोग गर्न तयार रहेको कंडेलले बताए । ।

यता निगमका महाप्रवन्धक कंसाकारले भने जहाज खरिद भनेर भाडा ल्याउने र सारा जनता र देशलाई धोका दिने काम आफूबाट हुनै नसक्ने भन्दै निगमका दुवै जहाज खरिद गरिएका हु्न् भने । खरिद हो होइन भन्ने कुरा डकुमेन्टले नै बोल्ने भन्दै उनले आफू एक्लैले नभई ठूलो टिम र थुप्रै निकायले हेरेर र स्वीकृत गरेर, २४/२४ अर्ब तिरेर ल्याइएका जहाजहरु भाडामा हो भन्नु हाँस्यास्पद कुरा भएको बताए ।

कंसाकारले भने, ‘भाडामा हो कि किनेको हो भन्ने कुरा कहाँबाट आयो मलाई थाहा भएन् । किनेको भन्ने कुरा त क्लियर छ । २४ अर्ब भनेको २४ हजार हो र ? त्यसमाथि जहाज खरिद गर्छु भनेर भाडामा ल्याउने र सारा जनता र देशलाई धोका दिने कुरा मबाट हुँदैन् । मैले एक रुपियाँ बदमासी नगरी जहाज ल्याएको हो । त्यो पनि अरुले भन्दा निकै सस्तोमा ल्याएको छु । यी जहाज निगमका लागि आवश्यक छ । देशका लागि आवश्यक छ । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक छ ।

एयरबसको मूल्यसुचीको लिंक हेर्नुहोसः

https://www.airbus.com/newsroom/press-releases/en/2018/01/airbus-2018-price-list-press-release.html#media-list-document-document-all_ml_0

के भन्छन् कंसाकार ?