इन्टरनेट सेवा प्रदायकले बढेको पोल र फइवरको भाडा नतिर्ने, फेरि मूल्य बढाउने संकेत

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई प्रयोग गर्न दिएको पोलहरु र ओपीजीडब्लु फइवरको भाडादर अस्वभाविक रुपमा बढाएको भन्दै बढाएको भाडादर नतिर्ने बताएका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको संघ —इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोेसिएसन नेपाल (आइएसपीएएन)ले प्राधिकरणले पोल र फइवरको भाडादर अस्वभाविक तथा विना तथ्यपरका रुपमा ५०० प्रतिशतसम्म बढाएकोले सेवा प्रदायक कम्पनीहरुले उक्त नयाँ भाडादर नतिर्ने निर्णय गरेको जानकारी गराएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुले आफुहरुले अहिले ग्राहकबाट असुल गर्ने गरेको शुल्क पोल र फइवरको भाडादर नबढ्दाको अवस्थाको लागतको आधारमा भएको हुनाले बढ्को भाडा तिर्नुपरेमा यही शुल्कमा सेवा प्रदान गर्न नसक्ने बताएको छन् ।

‘आइएसपीएएन’ले विद्युत प्रधिकरणले वृद्धि गरेको पोल रफइवरको भाडादर यस अघि सरकार र सेवा प्रदायक कम्पनीहरुबीच भएको सहमतिको विपरित भएकाले आफुहरुले यसलाई नमान्ने बताएको छ । यदि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीको सेवा अवरुद्ध गरेमा त्यसको जिम्मेवार स्वयम प्रधिकरणनै हुने एसोसियसनले बताएको छ ।

विद्युत प्राधिकरण पनि एक सरकारी निकाय भएकाले सरकारले गरेको सहमति अनुसार प्राधिरणले पनि आफ्नो नीति बनाउनुपर्ने उनीहरुको जीकिर छ ।

यस समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुर सञ्चार प्राधिकरण, विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु सम्मिलित एक उच्च स्तरीय समिति गठन गर्न माग पनि गरेका छन् ।

 

Advertisement

Advertisement

Advertisement