ग्लोबल आईएमईले ५० करोड रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्ने

Advertisement

काठमाडौं। ग्लोबल आईएमई बैंकले ५ बर्ष अवधिका लागि ५० करोड रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।  उक्त ऋणपत्र जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले बैंकलाई अनुमति दिएको छ।

पनि एक हजार प्रतिकित्ता अंकित मूल्यमा १५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत सर्वसाधारणका लागि जारी हुनेछ । यो ऋणपत्र बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्ने भएको छ।  यसमा  लगानीकर्ताले बार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्ने छन् ।

यो ऋणपत्रको नाम ग्लोबल आईएमई बैंक डिवेञ्चर २०८०/ ८१ रहेको छ ।

Advertisement

Advertisement

Advertisement