सेयर किनबेच बढे पनि नेप्से बढ्न सकेन्, अपर तामाकोशीका लगानीकर्ताले आज पनि राम्रो कमाए

Advertisement

काठमाडौं । सेयर बजारमा अघिल्ला दिन देखिएको सुधार बुधबार भने कायम रहन सकेन् । जलविद्युत र बीमा समूहका कम्पनीहरुमा आएको सुधारले नेप्सेमा सोमबार र मंगलबार सकारात्मक प्रभाव परे पनि आज भने सात दशमलव ५७ अंकले गिरावट भएको छ ।

यद्यपि कारोबार भने बढेर आज ५३ करोड रुपियाँको सेयर किनबेच भएको छ । मंगलबार ३९ करोड रुपियाँको मात्रै कारोबार भएको थियो । आज व्यापार, जलविद्युत र उत्पादनमूलक समूहमा सुधार कायम रहे पनि बाँकी समूहमा भने गिरावट हुन पुगेको छ ।

आज धेरै कारोबार गर्ने कम्पनीमा नेपाल बैंक अगाडि रहेको छ । नेपाल बैंकको आठ करोड ८१ लाख रुपियाँको सेयर किनबेच भएको छ । त्यसपछि धेरै कारोबार गर्ने नागरिक लगानी कोषको छ करोड ५८ लाख रुपियाँको कारोबार छ ।

आज नाफा धेरै गर्नेमा अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ता छन् भने घाटा धेरै खानेमा एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता छन् । अपर तामाकोशीको सेयर २५ अंक (झण्डै १० प्रतिशत)ले वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement