देशभर सभाहल निर्माण गर्ने सहरी विकास मन्त्रालयको तयारी

Advertisement

काठमाडौं।  सहरी विकास मन्त्रालयले सभाहल निर्माण गर्ने तयारी थालेको छ । मन्त्रालयले अन्तराष्ट्रिय र स्थानीयस्तर गरि देशभर ३४ वटा  निर्माण गरिने बताएको छ।

निर्माण हुन लागेका ३४ वटा सभाहलहरुमध्य दुईवटा  अन्तर्राष्ट्रिय सभाहल रहनेछन् भने ३२ वटा स्थानीयस्तरको हुने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न सभाहल बुटवल र भक्तपुरमा फराकिलो क्षेत्रमा ठूला बन्ने मन्त्रालयले जनाएको हो ।  अहिले नै पनि देशभर विभिन्न स्थानमा १२ वटा सभाहल निर्माण भइरहेको छ । कैलालीको टीकापुरस्थित सभाहल निर्माण सम्पन्न भई नै सकेको छ भने अन्य हल निर्माणका लागि डिजाइन भइरहेको छ ।

सरकारले सुर्खेत,  दमक, रत्नानगर, उदयपुर त्रियुगा, दाङ, दमौलीमा, गोरखा, डोटी, मौलापुरमा सभाहल निर्माण हुने भएको हो । विभागका अनुसार बैतडी र नुवाकोट पनि सभाहल निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपालगन्ज, धनगढी, रुकुमकोट, बाग्लुङ, रसुवा, कोहलपुर, चापाकोट, गल्याङ, गोलबजार, गौँडा, विराटनगर, निजगढ, सौराहा र रुकुममा सभाहल डिजाइनको काम भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement