सुख्खा बन्दरगाह निर्माणको विरोधमा प्रधानमन्त्रीलाई चोभारबासीको कालो झन्डा

Advertisement

काठमाडौं । चोभारमा सुख्खा बन्दरगाह निर्माणको विरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले चोभारबाट ३० जना भन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको हो।

सुख्खा बनदरगाहा सिलन्यासका लागि त्यहाँ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होवीन्द्र बोगटीले जानकारी दिए। नियन्त्रणमा लिएकाहरुलाई परिसरको हिरासतमा राखिएको छ।

सुख्खा बन्दरगाहको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन्। बन्दरगाहबाट प्रभावित चोभारबासीले निर्माणको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

स्थानीयबासीसँगको विवाद नसुल्झदै निर्णमा सुरु गरिएकोमा चोभारवासीले आपत्ति गरेका छन्। स्थानीयसँग वार्ता र सहमतिको प्रयास समेत नगरिएको उनीहरुको आरोप छ।

स्थानीयबासीले चोभारमा बन्दरगाहको सट्टा अन्तराष्ट्रिय प्रदर्शनीस्थल निर्माण गर्न माग गरेका छन् ।

Advertisement

Advertisement

Advertisement