स्थानीयको अवरोधका माझ प्रधानमन्त्रीले गरे सुख्खा बन्दरगाहको  शिलान्यास

Advertisement

काठमाडौं। स्थानीयबासीको अवरोध प्रयासका बावजुद प्रधानमन्त्री केपीशर्मा ओलीले विहिबार चोभारमा सुख्खा बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) को शिलान्यास गरेका छन्।
यसअघि स्थानीयबासीको विरोधका कारण रोकिएको सुक्खा बन्दरगाह आज प्रधानमन्त्री शिलान्यास गरेका हुन्।

गत असोज ३० गते बन्दरगाहको भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम स्थानीयवासीको विरोधका कारण रातारात स्थगित भएको थियो। स्थानीयवासीको विरोध भने अहिले पनि जारी नै छ। प्रधानमन्त्री आउनुअघि बिहानैदेखि यहाँ स्थानीयवासीले विरोध गरिरहेका थिए।

स्थानीयबासीले बन्दरगाहभन्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने माग राखेका छन्। यसका अलवा हिमाल सिमेन्ट कारखानाले पुर्याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने , कर्मचारीले पाउनुपर्ने पारिश्रमिक लगायतका माग राखेका छन्।

चोभारमा विश्व वैकको १ अर्ब २८ करोड रुपियाँ सहयोगमा अत्याधुनिक बन्दरगाह निर्माण हुन लागेको हो । कुनै अवरोध नभए यो बन्दरगाह निर्माणको कार्य १८ महिनाभित्र सम्पन्न गर्ने योजना छ ।

स्थानीयबासीलो एक साता अघि विश्व बैंकको आवासीय कार्यालय रहेको याक एण्ड यति होटलमा समेत विरोध प्रदर्शन गरेका थिए।

नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत निर्माण हुने बन्दरगाहको लागि कार्यकारी निर्देशक रविशंकर सैंजुले बन्दरगाह निर्माणको लागि ठेक्का अवार्ड भइसकेको । बन्दरगाह निर्माणको जिम्मा आशिषरसाक्षी ज्वाइन्ट भेन्चरले पाएका छन्। आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी हो भने साक्षी चिनियाँ कम्पनी हो।

चोभारमा बन्न लागेको बन्दरगाहमा बाहिरी चक्रपथ, काठमाडौं- तराई-मधेश जोड्ने द्रुतमार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर ट्रान्जिट हब बनाउने सरकारको योजना छ ।

करिव २ सय रोपनी क्षेत्रफलमा फैलने बन्दरगाहमा आयत निर्यातका लागि अलग अलग टर्मिनल, अध्यागमन, भन्सार, बैक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय, ६ सय कन्टेनर अटाउने क्षमताको पार्किङका साथै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल समेत निर्माण गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement