चन्द्रमामा चीनले  उमारेको हरियो बिरुवा चिसोले मर्यो

Advertisement

बेइजिङ । चन्द्रमामा उमारिएको हरियो बिरुवा कम तापक्रमका कारण मरेको छ । मंगलबार मात्रै चीनले चन्द्रमामा बिरुवा उमारेको घोषणा गरेको केही घण्टामै कम तापक्रमका कारण मरेको भन्दै ‘द गार्जियन’ले एक रिपोर्ट तयार पारेको हो ।

दिनभरसम्म उक्त बिरुवा जागै रहे पनि रात परेपछि मरेको बताइएको हो । रातको समयमा चन्द्रमामा तापक्रम घटेर माइनस् १७० डिग्री सेल्सियस पुगेपछि उक्त बिरुवा मरेको थियो ।

‘यसबाट चन्द्रमामा कुनै टनेलभित्र जीवन छैन भन्ने बुझिन्छ,’ प्राध्यापक सी जेङसिनले भने, ‘यस्तो अनुभव यसअघि हामीसँग थिएन । त्यसो त हामीले लूनारको वातावरण पनि तयार पार्न गर्न सकेनौँ ।’

चन्द्रमामा कटनको बिरुवा पठाएर त्यहाँ खाना तयार पार्नसक्ने सम्भावना बारे पहलस्वरुप यसरी चन्द्रमामा बिरुवा पठाउने परिक्षणको नेतृत्व चोङकिङ विश्वविद्यालयका प्राध्यापक सी जेङसिनले गरेका हुन् ।

यसअघि पनि चीनले आलु, फूल लगायतका बिउ चन्द्रमामा पठाएको थियो । तर कुनैमा पनि उसको परिक्षण सफल हुन सकेको थिएन ।

Advertisement

Advertisement

Advertisement