पानी जहाज किन्न नभ्याए पनि पानी जहाज कार्यालय खोल्ने निर्णय गर्यो सरकारले

kp_oli_laughing

काठमाडौं । सरकारले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको छ । पानी जहाज चलाउने प्रधानमन्त्री केपी ओलीको भाषण व्याङ्ग्य बन्दै आएको बेला सरकारले यसका लागि कार्यालय खोल्ने निर्णय भने गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो कार्यालय खोल्ने निर्णय गरेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । बाँस्कोटाले भने, ‘यो चर्चित विषय छ। अब कागजको होइन साँच्चिकै नेपाली पानी जहाज कार्यालयको खोल्ने निर्णय भएको छ।’

संगठन संरचनासहित खोलिने जनाइएको यस कार्यालयका एकजना रजिष्ट्रार रहनेछन् भने उनको मातहतमा १५ कर्मचारी रहने छन् । उनले भने, ‘इन्जिनियरिङ सेवामा कार्यरत रजिष्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहनेगरी कार्यालय स्थापना गर्ने निर्णय भएको छ ।’