मर्मत गरेर ल्याएको भोलिपल्टै बोइङ ७५७मा देखियो अर्को समस्या

Advertisement

काठमाडौं। मलेसियामा मर्मत गरेर ल्याएको भोलिपल्टै नेपाल वायुसेवा निगमको बोइङ ७५७ मा समस्या देखिएको छ।

बुधबार काठमाडौं अवतरण भएको बोइङको ‘विण्ड सिल्ड’(ककपिटको झ्याल)मा समस्या देखिएको हो। निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जहाज ल्याएको एकदिनमै समस्या आएको र मर्मत गरेर मात्रै चलाउन मिल्ने बताए। बोइङको ककपिटको झ्यालमा हुने तीन तहमध्ये एउटा तह फुटेको र सामान झिकाएर मर्मत गरेपछि मात्रै जहाज उडाइने उनले बताए ।

डेढ महिना अगाडि बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालाम्पुर पठाइएको थियो। मर्मतका क्रममा सि—डक्टमा पनि समस्या आएपछि बोइङ मर्मतका लागि थप समय लागेको थियो।

अमेरिकाबाट सिपिङमार्फत सि—डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि—डक्ट ल्याएर फिट गरिएको थियो। विक्री गर्ने तयारी गरिएको यो जहाज बिक्री नभइन्जेलसम्म उडाउने निगमको योजना छ।

Advertisement

Advertisement

Advertisement