हिमालयन हाइड्रो एक्स्पो आजबाट सुरु

Advertisement

काठमाडौं ।  हिमालयन हाइड्रो एक्स्पो शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।  तीन दिनसम्म चल्ने यस मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाट्न गरि अवलोकन पनि गरेका छन्।

सहभागी कम्पनीहरुमध्ये आधाभन्दा बढि विदेशी कम्पनी रहेको एक्स्पोको आयोजना स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को नेतृत्वमा भएको हो । एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बिमा लगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टलमा आफ्ना उत्पादनहरु प्रर्दशनमा राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ। एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको छ ।

जलविद्युतसम्वन्धी विश्वमा आएका नयाँ प्रविधि र अनुभवहरु आदान प्रदान गर्ने र नीति निर्मातादेखि निर्माण व्यवसायी, लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई एकै ठाउँमा भेला गराएर जलविद्युत्त विकासमा अभिप्रेरित गर्ने एक्स्पोको उद्देश्य रहेको छ ।







Advertisement

Advertisement

Advertisement