एक्यानले माघ ८ गते सीए सम्मेलन गर्दै

Advertisement


काठमाडौं।  चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले माघ ८ गते काठमाडौंमा सीए सम्मेलन गर्ने भएको छ । संघले विहिबार राजधानीमा पत्रकार सम्मेलन गरि  कार्यक्रमको तयारि गरिरहेको जनाएको हो।


यस सम्मेलनमा तीनवटा प्राविधिक सत्रहरु हुने बताइएको छ । जसमा ‘सीए पार्टनर इन नेसनल प्रस्पेरिटी’, ‘चार्टर्ड एकाउन्टेन्ट इन्डस्ट्री’ र ‘चार्टर्ड एकाउन्टेन्ट इन प्राक्टिस’ रहेका छन् ।



सम्मेलनमा सीएका रोजगारीका क्षेत्र, चुनौती र उद्योगमा खेलेको भूमिकाका विषयमा छलफल हुने आयोजकले जानकारी गराएको छ । सात प्रतिशत

भन्दा बढी सीएहरु रोजगार भएको अवस्थामा यो पेशाको जिम्मेवारी, सम्भावना र चुनौतीको विषयमा पनि छलफल हुने बताइएको छ ।


अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको उक्त सम्मेलनमा महालेखा परिक्षक, नेपाल राष्ट्र बैंकका गर्भनर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, नीजि क्षत्रको प्रतिनिधि, बैंकर्स एशोसिएसन लगायतका एक दर्जन संस्थाका प्रतिनिधिहरुले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement