अन्तराष्ट्रिय फिल्म फेस्टिभल फागुनमा हुदै

Advertisement

काठमाडौँ । गत वर्ष पोखरा आयोजना भएको पहिलो फेस्टिभलको सफलतापछि ‘दोस्रो नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल’ (निफ) काठमाडौँमा हुने भएको छ । बिहीवार पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फेस्टिभलको बारेमा जानकारी गराइएको छ । फेस्टिभल फागुन ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।

सो फेस्टिभलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने फेस्टिभलका संयोजक केपी पाठकले बताए । उनका अनुसार, फेस्टिभलको जुरी कमिटीमा स्वदेशीसँगै विदेशी फिल्मकर्मी पनि छन् । यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा फिल्महरु प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन् ।

५९ फिल्ममध्ये नेपालका १६ फिल्महरु समावेश छन् । महोत्सवमा समावेश विदेशी फिल्महरुमध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने छ वटा फिचर फिल्महरु छन् । यस्तै, नेपाली फिल्महरुमा छ वटा फिचर र १० वटा शर्ट फिल्म रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट फिल्महरुपनि महोत्सवमा समावेश गरिएको छ ।

सोही महोत्सवमा नयाँ फिल्ममेकर्सहरुका लागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको आयोजना गर्ने कुराको घोषणा गरिएको छ । पत्रकार सम्मेलनमा उपस्थित वरिष्ठ फिल्मकमी नीर शाहले फिल्म महोत्सवले कलालाई निखार्ने काम गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement