ग्लोबल आइएमईका ग्राहकलाई एम.आर.डाएगोनस्टिकमा १५ प्रतिशत छुट

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरबीच स्वस्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीयले गरेको सम्झौतामा डाएगोनस्टिक एण्ड हेल्थकेयरका सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माबीच हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

Advertisement

Advertisement

Advertisement