विदेसिनुपर्ने बाध्यता हटाउने गरी रोजगार कार्यक्रम ल्याउँदै सरकार, तीन अर्ब बजेट विनियोजन

रोजगार कर्यक्रम

फाइल फोटो

हेटौँडा। प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले उक्त कार्यक्रमका लागि तीन अर्ब १० करोड रुपैयाँ चालू आवमा विनियोजन गरेको छ।

चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ। रोजगारीको हकमा सरकारले रोजगारी हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ। कुनै पनि नेपाली बाध्यात्मक स्थितिवाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताए।

unitednic

कार्यक्रम शुरु भएलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ। यो केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको सचिव दाहालले जानकारी दिए।

केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ। यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढेको मन्त्रालयद्वारा हेटौँडामा आयोजित कार्यक्रममा जानकारी दिइएको छ।

मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सबैले सफल पार्न जोड दिनुपर्ने बताए। मन्त्रालयद्वारा प्रदेश र स्थानीय तहका प्रतिनिधिसँगसमेत छलफल गरेको छ।