पाँच महीनामा ८६ करोडको तयारी माछामासु आयात

Advertisement

काठमाडौं । पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ ।

भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महीनामा करीब रु ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको उल्लेख छ ।

भारत, फ्रान्स, इटली, नेदरल्याण्डस्, थाइल्याण्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बङ्गलादेश, सिङ्गापुर, जापान, गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बङ्गुर, भेडा कुखुरा, विभिन्न थरीका माछा, झिङ्गे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको हो ।

आयातित वस्तु यहाँ उत्पादन गर्न सकिन्छ । यद्यपि आयात गरिएको छ । आयात गरिएको घुङ्गी (शङ्खे किरा) सिमसार, घोल, जमेको पानी र दवदवे जमीनमा पाइन्छ । पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेको छ ।

आगोमा सिकाएको, सग्लो तर मरेको, ९हिउँ० ले ढाकिएको र जिउँदो माछा आयात भएको हो । जिउँदो बाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ । एघार दशमलव दुई प्रतिशत निर्यात हुँदा ३४ दशमलव शून्य दुई प्रतिशतले आयात बढेको छ ।

चालु आर्थिक वर्षको पाँच महीनामा कूल आयात रु छ खर्ब सात अर्ब छ भने निर्यात रु ३७ अर्ब ५० करोडमा सीमित हुन पुगेको छ ।

Advertisement

Advertisement

Advertisement