पसलमा साढे तीन लाखको धनमाल चोरी

Advertisement

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी तीन लाख ५० हजार रुपिँयाको धनमाल चोरी भएको छ ।

डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित एक लाख ५० हजार रुपिँया, धनीराम ओडको मोबाइल पसलबाट नगदसहित एक लाख २५ हजार रुपिँया र केशव कोलीको किराना तथा मदिरा पसलबाट ६६ हजार आठ सय ९१ मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

पसलका ताला फुटाएर चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । रातिको मौका छोपी चोरी भएको बताइएको छ । पसल चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement