साताको पहिलो दिन सुनको मूल्य घट्यो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताका चार दिनसम्म निरन्तर स्थिर रहेर प्रतितोला ६१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आइतबार दुई सय रुपियाँले घटेर प्रतितोला ६० हजार आठ सय रुपियाँमा कारोकार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार एक सय २५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य शुक्रबारको तुलनामा १० रुपियाँले घटेर सात सय ५५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ४५ रुपियाँ पचास पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement