युनिभर्सलको आइपिओ नबिकेपछि पुनः म्याद थपियो

Advertisement

काठमाडौं।  युनिभर्सल पावर कम्पनीको आइपिओ नबिकेपछि बिक्री गर्ने म्याद पुनः थप गरिएको छ।  गत महिना  पुस १५ गते, आइतबारदेखि कम्पनीले बिक्री खुला गरेको  २१ लाख ३५० कित्ता आइपीओमा पुस २९ गते आवेदन दिने  अन्तिम दिन रहेको थियो।


यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ। उक्त समयमा आइपीओ बिक्री नभएपछि कम्पनीले  माघ १३ गतेसम्मको लागी आवेदन खुला गरेको हो ।  आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ।


कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।




सिटिजन्स, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंकको तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखा, सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


Advertisement

Advertisement

Advertisement