९० लाखको लागतमा ‘रातो गलबन्दी’ बन्ने

Advertisement

काठमाडौ । ९० लाखको लागतमा निर्माण हुन लागेको फिल्म ‘रातो गलबन्दी’मा अभिनेत्री केकी अधिकारी र अभिनेता तथा संगीतकार कोशिश क्षेत्रीले पहिलो पटक स्क्रिन साझेदार गर्ने भएका छन् ।

शनिबार उर्लाबारीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्म मनिष थापाले निर्देशन गर्दैछन् । उक्त फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ । शनिबारबाट सुरु भएको फिल्मको छायांकन पूर्वका विभिन्न रमणीय स्थानहरुमा हुनेछ । केकी र कोशिशका अलावा फिल्ममा बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, ‘चुप्पी डन’ को नामले परिचित यज्ञबहादुर कटुवाल लगायतको अभिनय रहनेछ । हिमाल कडरियाको कथामा बन्न लागेको उक्त फिल्मलाई सुमन योन्जनले खिच्नेछन् ।

किरण माइकलको पटकथा नवराज लम्साल, हिमाल कडेरीया र दुर्गा बस्नेत फिल्मको निर्मातामा छन् । निर्देशक थापाले फिल्ममा गाउँ(शहरको परिवेश उत्कृष्ट शैलीमा बुनिने बताए । उनले भने, 'एउटा स्तरिय फिल्म बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।'

Advertisement

Advertisement

Advertisement