देवः विकास बैंकको नाफा घट्यो

काठमाडौं । देवः विकास बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमास सम्ममा खुद नाफा १३ करोड २९ लाख ८२ हजार रुपियाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५ दशमलव ४७ प्रतिशतले कम हो । गत वर्ष सोहि अवधिमा बैंकले १४ करोड ६ लाख ८६ हजार रुपियाँ मात्र नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ५ प्रतिशत ले बढेर ३६ करोड ७३ लाख १४ हजार पुगेको छ भने सञ्चालन नाफा ५ दशमलव ६२ प्रतिशतले घटेर २० करोड ८६ लाख ४१ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष देवःले २२ करोड १० लाख ७२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
त्यस्तै बैंकको  रिजर्भ कोषमा ६१ करोड ३८ लाख ७४ हजार रुपैयाँ छ । बैंकले  १७ अर्ब ११ करोड ४२ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ६९ करोड ७० लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने हाल सम्म बैंकले जगेडा कोषमा ५ करोड १२ लाख १० हजार रुपैयाँ छुट्याएको छ ।
बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार रुपैयाँ छ  भने प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २३ पैसा छ ।