दोस्रो त्रैमासम्ममा नेशनल माइक्रोफाइनान्सले ४६ प्रतिशत नाफा बढायो

Advertisement

काठमाडौं। नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको नाफा ४६ प्रतिशतले बढाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ५ करोड ७२ लाख ४० हजार रुपियाँ खुँद नाफा कमाएको छ ।

यसको नाफा गत वर्षको सोही अवधिमा जम्मा ३ करोड ९१ लाख ९९ हजार रुपियाँ थियो भने प्रतिसेयर आम्दानी वार्षिक ७५ रुपियाँ ८७ पैसा रहेको छ । यसले दोस्रो त्रैमाससम्मको निक्षेप संकलन ९७ करोड ५१ लाख रुपियाँ रहेको छ  । यो अवधिससम्ममा ऋण लगानी दुई अर्ब ९१ करोड ४८ लाख रुपियाँ र २ अर्ब ७ करोड ४२ लाख रुपियाँ सापटीमा चलाएको छ ।
नेशनल माइक्रोफाइनान्सले उक्त अवधिसम्ममा २३ करोड ६१ लाख ब्याज आम्दानी गर्दा १२ करोड १८ लाख रुपियाँ यस वापत ब्याज खर्च गरेको छ । कर्मचारी र अन्य प्रशासनिक खर्चमा भने कम्पनीले १६ करोड ३७ लाख रुपियाँ खर्च गरेको छ ।
नेशनलको पुँजी पर्याप्तता अनुपात १०।८९ प्रतिशत, खराव कर्जा अनुपात १।४८ प्रतिशत, पुँजीकोष ८।४६ प्रतिशत छ । यसको प्रतिशेयर आम्दानी ७५।८७ पैसाँ हुँदा प्रति शेयर नेटवर्थ २१८।८१ र प्रति शेयर कुल सम्पतीको मूल्य २४१३।६१ रुपियाँ पुगेको उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement