‘सरकारले बढ्दो शोधानान्तर घाटालाई नजरअन्दाज गर्यो, अर्थतन्त्रले एक वर्ष बढि थेग्दैन्’

Advertisement

काठमाडौं । सरकारको क्रियाकलापको कारणले देशको व्यापार र सोधानान्तर घाटा चुलिँदै गएको भन्दै अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले बेलैमा आफ्नो उपभोग प्रवृति परिवर्तन गरेर सुधारात्मक उपाएहरु कार्यान्वयनमा नल्याए व्यापार घाटा र शोधानान्तर घाटा अर्थतन्त्रले धान्न नसक्ने अवस्थामा पुग्ने अर्थशास्त्रीहरुले चेतावनी दिएका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महीनाको अवधिमा देशको शोधानान्तर स्थीति ८५ अर्बभन्दा बढि घाटामा पुगेको छ । यसैगरी यस अवधिमा व्यापार घाटा झन्डै ५७० अर्ब पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले भनेजस्तै व्यापार घाटा र शोधानान्तर असन्तुलको अवस्था सामान्य समस्या नभएको अर्थशास्त्रीहरुको भनाइ छ । केही समय अगाडी संसदमा बोल्दै प्रधानमन्त्रीले पूँजीगत वस्तुको आयातले गर्दा शोधानान्तर घाटा बढेको भन्दै यसलाई ठूलो समस्याको रुपमा लिन नपर्ने बताएका थिए ।

वैदेशिक व्यापारका विज्ञ तथा अर्थशास्त्री डा. पोषराज पाण्डेले पछिल्लो समयमा व्यापार घाटा र शोधानान्तर घाटा बढ्नुमा सरकारका क्रियाकलापनै मुख्य दोषी रहेका आरोप लागाएका छन् । सरकारले उत्पादन बढाउने क्षेत्रमा भन्दा उपभोग बढाउने खालका क्रियाकलापमा खर्च गरेकाले यसले समग्र शोधानान्तर घाटा बढ्दै गएको उनको भनाई छ ।

‘सरकारले अर्बौका महँगा गाडी, हेलिकप्टर, भ्यू टावर र सपिङ्ग मल निर्माण जस्ता अनावश्यक क्षेत्रमा ठूलो धनराशी खर्च गरिरहेको छ, उनले भने, ‘यस्ता कुरामा खर्च गरेपछि यसले व्यापार घाटा नबढाएर के गर्छ ?’ ‘यही अवस्था जारी रहे देशमा रहेको बैदेशिक विनिमयको सञ्चितिले अर्को एक वर्षभन्दा बढि थेग्न सक्दैन्,’ उनले थपे ।

सरकारले बढ्दो शोधानान्तर घाटालाई नजर अन्दाज गरेको भन्दै उनले सरकारको यो रवैयाले गर्दा भविश्यमा अर्थतन्त्र ठूलो समस्यामा पर्ने उनको भनाइ छ ।

‘यस्तो बेलामा सरकारले अनावश्यक खर्च गर्ने होइन ‘अस्टेरिटी’ उपाए अपनाएर आयतमा आधिरित अनावश्यक र विलासी वस्तुहरुमा गरिने खर्चलाई कटौती गर्नुपर्छ,’ उनले भने, ‘सरकारले आफ्नो उपभोग प्रवृति परिवर्तन गर्नुका साथै जनताको उपभोग प्रवृतिलाई पनि नियन्त्रण गर्नेगरी नीति ल्याउनुपर्छ ।’

अहिले आयत भएका कतिपए बस्तुहरु दिर्घकालमा देशको उत्पादन क्षामता बढाउने पूँजीगत वस्तुहरु भएपनि अधिकांश वस्तुहरु विलासी र देशमा पनि उत्पादन गर्न सकिने खालका भएकाले सरकारले सुधारात्मक उपाएहरु अपनाएर बेलैमा बढ्दो व्यापार घाटा र शोधानान्तर असन्तुलनलाई नियन्त्रण गर्नु पर्ने उनको भनाइ छ ।

‘हाम्रो अर्थतन्त्र अर्बौंका विलासी गाडी, ४० —५० अर्बको सुन र सय अर्ब भन्दा बढिको खाध्यान्न आयात धान्ने क्षामताको होइन,’ उनले भने, ‘सरकारले तत्काल यसको विकल्प खोज्नुपर्छ ।’ सरकारले विलासी वस्तुको आयतलाई निरुत्साहित गर्नुका साथै आवश्यक वस्तुको देशमा उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

‘अब अलैंची अदुवा लगायतका अहिले निर्यात गरिएका वस्तुको निर्यातले मात्रै बढ्दो व्यापार घाटालाई कम गर्न सकिन्न,’ उनले भने, ‘जसका लागि उर्जा र सुचना प्रविधिको निर्यातलाई जोड दिनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement