श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या

Advertisement

टीकापुर । कैलालीको जानकी गाउँपालिका ७ गोलौरीका ३५ वर्षीय एक युवकले ३२ वर्षीया श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। आइतबार बिहान साढे ५ बजेतिर प्रेमलाल चौधरीले रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेका थिए। इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको बताए।

घरको बार्दलीमा झुण्डिएर छट्पटाई रहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयास गरेको डीएसपी सिँहले बताए। उपचारका लागि अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक दम्पत्तीका दुई छोरा छन्। एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको बताइएको छ। डीएसपी सिंहले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएकारी दिएका छन्।

Advertisement

Advertisement

Advertisement