एजेन्सी । हाम्रो समाजमा गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन्। तर भारतको एउटा टापुमा गोरो बच्चलाई मृत्युदण्ड दिइन्छ । बच्चा जतिनै कालो भयो उतिनै राम्रो मानिन्छ ।
अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ। जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि कालो भएन भने त्यो उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ। जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ।
यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन। नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट छिनेर लग्छन् र मारेर गाड्दछन्।