न्यायलयमा हुने भ्रष्टाचार रोक्न बिचौलियालाई कारबाही गर्ने चोलेन्द्रशम्शेरको तयारीे

Advertisement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतमा हुने भ्रष्टचारलाई नियन्त्रण गर्न बिचौलियालाई कानुनी कारबाही गर्ने बताएका छन् ।

संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहितको टोलीसँग आइतबार भएको भेटमा राणाले अदालतको गरिमालाई जोगाउनका लागि बिचौलियालाई अदालतको अवहेलनाको मुद्दा लागाइ कराबाही गर्ने बताएका हुन् ।

अदालतलााई भ्रष्ट्र बनाउन बिचौलियको प्रमुख हात रहेका भन्दै बेलाबेलामा चर्चा हुने गरेकोमा प्रधानन्यायधिश राणाले त्यस्ता बिचौलियालाई कारबाहीको दायरामा ल्याएर अदालतलाई थप विश्वसनिय बनाउँने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

न्यायलयका भ्रष्ट न्यायधिसहरुलाई आर्थिक प्रभावमा पारेर मुद्दा हराउने जिताउने गर्नका लागि बिचौलियाको काम गर्ने काठमान्डौ उपत्यकामा मात्रै झन्डै एक दर्जन बिचौलियाहरु रहेको बताइन्छ ।

राणाले सर्वोच्च अदालतको पूर्ण बैठकबाट ऐन संशोधन गरी न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तगर्त कारबाही  गर्ने व्यवस्था गरिने बताए ।

Advertisement

Advertisement

Advertisement