गाडि र हेलिकप्टरपछि अब राष्ट्रपतिलाई अबौं रुपियाँ खर्चेर अति सुविधासम्पन्न निवास बनाइँदै

Advertisement

काठमाडौँ । सरकारल राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ ।

‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु योजनाअन्तर्गत राष्ट्रपतिको लागि कार्यालय र आवासका लागि सबै खाले सुविधा भएको भवन बन्नेछ,’ प्रधानमन्त्री कार्यालयले प्रहरी प्रतिष्ठान र राष्ट्रपति कार्यालयलाई बोधार्थ पठाएको पत्रमा भनिएको छ ।

राष्ट्रपति परिसरमा प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा गाभिनेछ । यसअघि नै प्रतिष्ठानको ४१ रोपनी जग्गा राष्ट्रपति भवनअन्तर्गत ल्याइसकेको थियो । अब उक्त कम्पाउन्ड साढे तीन सय रोपनीभन्दा बढीको हुनेछ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement