सुनको मूल्य बढ्यो

Advertisement

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६० हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर प्रतितोला ६० हजार नौ सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार दुई सय १० रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेर सात सय ५५ रुपियाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ४७ रुपियाँ पचास पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement