टाटा एनआरजी धनगडीमा सार्वजनिक

Advertisement

धनगडी । टाटा मोर्टसको ‘टाटा एनआरजी’ धनगडीमा सार्वजनिक गरिएको छ । सिप्रदी ट्रेडिङले प्यासेन्जर भेइकलको नयाँ उत्पादनका रुपमा ‘टाटा एनआरजी’ रावत कन्सर्न मार्फत सार्वजनिक गरेको हो ।
ग्राहकहरूको बढ्दो आकांक्षालाई मध्यनजर गर्दै टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको हो जसलाई ’नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी) को रूपमा राखिएको छ । यसको स्तरीय डिजाइन र प्रविधीका कारणले गर्दा, टाटा एनआरजीले पूर्ण रूपमा नयाँ कथा निर्माण गर्ने कम्पनिले दाबि गरेको छ ।

१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । यो तीनवटा आकर्षक रंगमा उपलब्ध छ (मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि छ । टाटा एनआरजी धनगडीको शोरूममा पेट्रोल संस्करण २९.५५ लाखको शुरूवाती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।



 

Advertisement

Advertisement

Advertisement