अब विदेशीसँग कारोबार गर्नेले १५ दिनभित्र विदेशी मुद्रा फर्काइसक्नुपर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा कारोबार व्यवसायीहरुलाई १५ दिनभित्र विदेशी मुद्रा नेपाल फर्काउन निर्देशन दिएको छ। देशभित्र विदेशी मुद्राको माग बढेपछि राष्ट्र बैंकले विदेशी मुद्रा भित्र्याउनेहरुलाई कडाइ गरेको हो ।

राष्ट्रबैंकले आइतबार परिपत्र जारी गरेर विदेशी कम्पनी वा संस्थासँग कारोबार गर्ने ट्राभल, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेन्ट, होटललगायत संस्थाको विदेशमा बक्यौता रहेको रकम १५ दिनसम्ममा फर्काइसक्नुपर्ने व्यवस्था गरेको बैंकका विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।

यस्ता संस्थाले गरेको कारोबारबाट नेपालमा फर्काउनुपर्ने रकम नेपाल भित्रिएको नभित्रिएको जानकारी प्रत्येक त्रैमास सकिएको १५ दिनभित्र राष्ट्र बैंकलाई गराउनु पर्ने व्यवस्था छ।

Advertisement

Advertisement

Advertisement