पाँच हजारभन्दा बढी अमेरिकी डलर माग गर्नका लागि ‘पान’ अनिवार्य

Advertisement

काठमाडौं । पाँच हजारभन्दा बढी अमेरिकी डलर माग गर्ने नेपाली नागरिकले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (पान) लिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको अपुर्तिमा कडाइ गर्दै यस्तो नयाँ व्यवस्था लागू गरेको हो ।

शिक्षा, आप्रवास, स्वास्थ्यलगायत प्रयोजनका लागि परिवत्र्य विदेशी मुद्रा माग गर्ने नेपालीले अनिवार्य पान लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गरेर यसबारे जानकारी गराएको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए।

उल्लेखित प्रयोजनका लागि विदेशी मुद्रा माग गर्दा माग गर्ने व्यक्ति वा निजको एकाघर परिवार सदस्यमध्ये आमा वा बुबामध्ये कुनै एक जनाको पान नम्बर पेस गरेर पनि मुद्रा सटही गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ।

यसैगरी एक सयभन्दा बढी दरका भारतीय रुपैयाँ कारोबार नगर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले परिपत्र जारी गरेर नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकबाट लैजान भारु ल्याउन र लैजान नपाउने व्यवस्था पनि गरेको छ।

सरकारले गत महिना सयमाथिको भारु कारोबारमा रोक लगाउने मन्त्रिपरिषद्बाट निर्णय गरी सर्वसाधरणमा सूचना जारी गरेको थियो।

Advertisement

Advertisement

Advertisement