वाणिज्य बैकका तीन नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले काठमाडौंको बौद्ध, जाजरकोटको गौरीखाली र रुकुमको रुकुमकोटबाट नयाँ शाखा सञ्चालन गरि कारोबार सुरु गरेको छ । यी शाखासँगै बैंकको शाखा संख्या २१५ पुगेको छ ।

बैंकले यहि माघ १० गते आफ्नो ५४ औं वार्षिकोत्सवको अवसर पारेर नक्साल, पुल्चोक र हेटौंडा गरी यी तीनवटा शाखा कार्यालयलाई स्मार्ट ब्रान्च बनाउने जनाएको छ । आफ्ना सबै शाखाहरुलाई चरणगत रुपमा स्मार्ट ब्रान्चको रुपमा विकास गर्दै लैजाने बैंकले जनाएको छ । स्मार्ट ब्रान्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैंया सम्मका व्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने छ ।

बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय÷सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement