टिसिएलको ‘८के टिभी’लाई अन्तर्राष्ट्रिय पुरस्कारहरु

Advertisement

काठमाडौं । विश्वको तेस्रो ठूलो टेलिभिजन ब्राण्डको रुपमा रहेको टीसीएल विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । लिडिङ ब्राण्डको रुपमा रहेको यस ब्राण्डलाई लस भेगासमा आयोजना गरिएको कन्जुमर इलेक्ट्रोनिक्स सार्प २०१९ मा अवार्डहरु प्रदान गरिएको हो ।

जसअनुसार टिसिएल ‘८के टिभी गोल्ड अवार्ड अफ द इयर, ‘२०१८–१९’ ग्लोबल सिई ब्राण्ड टप ५०, २०१८–१९ ग्लोबल स्मार्ट कनेक्टेड डिभाइस टप १५, २०१८–१९ ग्लोबल फोन ब्राण्ड टप १५, ग्लोबल सेक्युरिटी स्मार्टफोन इनोभेशन अवार्ड अफ द इयर जस्ता पुरस्कारबाट सम्मानित भएको छ ।

आधुनिक पिक्चर क्वालिटी र थियटर लेवल साउण्ड जस्ता विशेषता रहेको यस टेलिभिजनले उक्त सिइएस एक्स्पोमा आफना उत्पादनलाई थप नयाँ आयाम दिनका लागि न्यू ब्राण्डेड अल प्ल्याटफर्म, टिसिएल अल–इन बजारमा भित्राउने घोषण गरेको गरेको छ । यो टिभी नेपालमा पनि पाइने यसको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । नेपालमा टिसिएलका टिभीमा तीन बर्षको वारेन्टी प्रदान गरिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement