झण्डै ११ करोडको कारोबार गर्ने अपर तामाकोशीका लगानीकर्तालाई भारी नोक्सान

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से १० दशमलव ८६ अंकले घटेर एक हजार १६८ अंक कायम भएको छ ।

आज ३६ करोड ७७ लाख रुपियाँको सेयर कारोबार भएकोमा अपर तामाकोशी हाइड्रोपावर एक्लैको १० करोड ९१ लाख रुपियाँको सेयर किनबेच भएको छ । त्यसपछि धेरै बिक्री हुने एनआइसी एसियाको संस्थापक सेयर एक करोड ९१ लाख रुपियाँ मात्रै छ ।

आज वित्तबाहेक बाँकी सबै समूहका उपसचकहरु पनि ओरालो लागेका छन् । वित्त समूहमा भने सामान्य अंकको पनि सुधार छ । जलविद्युत समूहको उपससुचक सबैभन्दा बढी अर्थात तीन दशमलव २९ अंकले घटेको छ ।

कारोबार सबैभन्दा धेरै गर्ने अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा खाएका छन् । उक्त कम्पनीको सेयर झण्डै १० प्रतिशत अर्थात २९ अंकले गिरावट भएको छ ।