एनएमबी बैंक र सरल ऊर्जाबीच 'पीपीए'

Advertisement

काठमाडौं । एनएमबी बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल (सन) सँग ‘नेट–मिटरिङ’मा आधारित सौर्य उर्जा खरिद सम्झौता (पीपीए) गरेको छ ।

सम्झौता अनुसार सनले एनएमबी बैंकको बबरमहल काठमाडौंस्थित केन्द्रीय कार्यालयको छतमा सोलार प्यानल राखेर विद्युत् प्रशारण लाइनसँग आवद्ध हुने गरी ५० किलोवाटको सौर्य उर्जा उत्पादन गर्नेछ भने बैंकले उक्त उर्जा खरिद गर्ने छ ।

यस ऊर्जा खरिद सम्झौताअन्तर्गत सनले छानामा सौर्यऊर्जा स्थापना–जडान, स्वामित्व ग्रहणसहित १५ वर्षका लागि सञ्चालन गर्नेछ । यो सौर्य प्रणालीको आयु २० वर्षभन्दा लामो समयावधि रहेको छ, उक्त अवधिमा बैंकले प्रशारण लाइनबाट प्राप्त विद्युत् भन्दा कम दरमा प्रतियुनिट भुक्तानी गर्नेछ ।

यो ५० किलोवाटको सौर्यऊर्जाले २० लाख किलोवाट घण्टा (किलोवाट आवर) बराबरको विद्युत् आयात कम गर्नमा तथा आयोजना अवधिभरिमा २ करोड रुपैयाँभन्दा बढीको आयात लागत घटाउन सहयोग पुग्ने उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

दुई पक्षबीचको सम्झौताले नेपालभरि नै यस्तो छानामुखी सौर्यऊर्जामा लगानी बढाउने उद्देश्यलाई पनि समेटेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement