महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

Advertisement

मार्तडी । बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हँुदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ ।

कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्ग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए। अहिले महिला तथा दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रवधान रहेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।

कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या ५८ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ७६ रहेको जनाएको छ ।

कार्यालयमा जग्गा लिएवापत महिला र दलितले २  लाख ३४ हजार १२ रुपियाँ राजश्व छुट पाएको कार्यालय प्रमुख पाण्डेले बताए । त्यसैगरी आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या ३२ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ५१ पुगेको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । यसवापत महिला र दलितले २ लाख २० हजार १ सय ५३ रुपियाँ राजश्व छुट पाएका छन् ।

Advertisement

Advertisement

Advertisement